You are viewing the translated version of विद्या परिषद्को काम, कर्तव्य र अधिकार.

Section 19
विद्या परिषद्को काम, कर्तव्य र अधिकार
विद्या परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) प्राज्ञिक परिषद्ले विद्यार्थी भर्नाका लागि निर्धारण गरेको योग्यताको आधारमा विद्यार्थी छनोटको आधार र प्रक्रिया तथा सिट सङ्ख्या तोक्ने,
(ख) मानार्थ उपाधिहरू नयाँ कायम गर्न, थपघट वा हेरफेर गर्न वा खारेज गर्न प्राज्ञिक परिषद्मा सिफारिस गर्ने,
(ग) विषय समितिहरूको राय लिई स्कूलसँग सम्बन्धित विषयहरूको पाठ्यक्रम निर्धारण, अनुमोदन तथा संशोधन गर्न प्राज्ञिक परिषद्मा सिफारिस गर्ने,
(घ) स्कूलको शैक्षिक कार्यक्रमसँग सम्बन्धित परीक्षाको किसिम तोक्न, हेरफेर गर्न, परीक्षा सम्बन्धी शर्तहरू र अन्य व्यवस्था गर्न परीक्षा व्यवस्थापन कार्यालयमा सिफारिस गर्ने,
(ङ) कलेजमा सञ्चालन हुने वा सञ्चालन भएका शैक्षिक कार्यक्रमहरूका निमित्त चाहिने पूर्वाधार तथा सुविधा निर्धारण र मूल्याङ्कन गर्ने,
(च) विषय समितिहरूलाई आवश्यक निर्देशन वा मार्गदर्शन गर्ने, र
(छ) डीनले विद्या परिषद्बाट निर्णय हुनु पर्ने भनी आवश्यक देखेका अन्य विषयहरू ।